काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने भएको छ।
आइतबार बसेको सचिवालय बैठले असार दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
उपमहासचिव भट्टका अनुसार बैठकको मिति अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीचको परामर्शपछि तय हुने छ।
प्रकाशित: ११ जेठ २०८३ ६:५४ | Monday, May 25, 2026
प्रतिक्रिया




