भदौ २४ को घटना ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य हुँदैन : गगन थापा

हिमाल प्रेस ९ जेठ २०८३ १६:०३ | Saturday, May 23, 2026
8
SHARES
भदौ २४ को घटना ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य हुँदैन : गगन थापा नेपाली कांग्रेसका सभापति गगन थापा

काठमाडौँ-  नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै हालतमा स्वीकार्य नहुने बताएका छन्।

शनिबार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा सभापति थापाले भदौ २४ गतेको विध्वंशको छानबिन नगर्ने र घटनाको ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य नहुने बताएका हुन्।

उनले सरकारले आफैँले गरेको प्रतिबद्धता अनुसार भदौ २४ गतेको विध्वंशको छानबिन गर्न न्यायिक आयोग गठन गर्न माग समेत गरे।

थापाले भदौ २३ र २४ गतेको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन र्सार्वजनिक गर्नुपर्ने बताउँदै प्रतिवेदनअनुसार दोषीलाई कारबाही हुनुपर्ने जिकिर गरे। उनले मानव अधिकार आयोगको प्रतिवेदन रोक्न दबाब दिइएको सुनिएकोले त्यस्ता कार्य नगर्न आग्रह समेत गरे।

एक प्रश्नको जवाफमा सभापति थापाले सरकार गठन भएयता कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको जिकिर गर्दै कुनै हालतमा यस्ता कार्य मान्य नहुने बताए। उनले सरकारको गलत क्रियाकलाप रोक्न आफूहरुले प्रयास जारी राख्ने बताए।

त्यस्तै सभापति थापाले मुलुकको अवस्था र गम्भीरतालाई बुझेर पार्टीभित्रको असहमति र बिमतिलाई मिलाएर समाधान खोज्न आफू तयार रहेको बताए। उनले केन्द्रीय समिति बाहिर रहेका सबैलाई समेटेर अगाडि बढ्न तयार रहेको बेला पार्टीविधि र विधान बाहिर गएर काम नगर्न आग्रह गरे।

प्रकाशित: ९ जेठ २०८३ १६:०३ | Saturday, May 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast