आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ : अध्यक्ष राई

हिमाल प्रेस २६ वैशाख २०८३ २०:१६ | Saturday, May 9, 2026
10
SHARES
आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ : अध्यक्ष राई फाइल तस्बिर

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गरिनुपर्ने बताएका छन्।

शनिबार हेटौँडा उपमहानगरपालिका–११ सिमलटारस्थित सुकुम्बासी बस्तीका स्थानीयसँगको छलफलमा उनले यस्तो बताएका हुन्।

उनले संविधानले सुरक्षित गरेको आवासको हक संरक्षण र सम्मानका लागि सरकारप्रतिको संशय चिर्नुपर्नेमा जोड दिए।

अध्यक्ष राईले सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बसोबासको सुनिश्चितता गरेर मात्रै बाँकी काम गर्न सरकारलाई सुझाव दिए।

प्रकाशित: २६ वैशाख २०८३ २०:१६ | Saturday, May 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast