आजदेखि हलमा लालीबजार

हिमाल प्रेस २५ वैशाख २०८३ ११:१५ | Friday, May 8, 2026
10
SHARES
आजदेखि हलमा लालीबजार

काठमाडौँ- फिल्म ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ। उच्च अदालत पाटनले यही वैशाख २३ गते फिल्म प्रदर्शनमा रोक लगाउने अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै आजदेखि फिल्म प्रदर्शनमा आएको हो।

षट्कोण आर्टस्ले निर्माण गरेको उक्त फिल्ममा आमा र छोरीको कथा देखाइएको निर्देशक तथा लेखक यम थापाले बताए। उनले भने,‘हामीले एउटा समयको आमा र छोरीको कथालाई लिएर फिल्म तयार गरेका छौँ। आफ्ना सन्तानका लागि आमाले गर्ने संघर्षमै फिल्म केन्द्रित छ। एउटा परिवारले एकसाथ हेर्न मिल्ने फिल्म तयार भएको छ।’

फिल्ममा कलाकार स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी, वीरबल चौधरीलगायतले अभिनय गरेका छन्।

अभिनेत्री खड्काले आफूलाई वर्षौंसम्म अभिनेत्रीका रुपमा चिनाउने फिल्म ‘लालीबजार’ बन्ने बताइन्। ‘यो फिल्मको भएको विशेष प्रदर्शनीमा हेर्ने सबैले दिनुभएको प्रतिक्रियाले उत्साहित छु। हामीले यसलाई बनाउँदा सबैलाई महसुस हुने आमा र छोरीको भावनामा आधारित रहेर तयार गरेका छौँ’ उनले भनिन्।

उक्त फिल्मको पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्।

प्रकाशित: २५ वैशाख २०८३ ११:१५ | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast