प्रावि तहमा मागअनुसार उत्तीर्ण भएनन् शिक्षक

हिमाल प्रेस १६ माघ २०७९ १३:४० | Monday, January 30, 2023
प्रावि तहमा मागअनुसार उत्तीर्ण भएनन् शिक्षक

काठमाडौँ- शिक्षक सेवा आयोगको प्राथमिक तह (प्रावि) तृतीय श्रेणीको परीक्षा नतिजामा विज्ञापनमा माग भएअनुसार  शिक्षक उत्तीर्ण हुन सकेनन्। आयोगले गत वर्ष खुला गरेको विज्ञापनमा मागअनुसारको कोटामा परीक्षार्थी उत्तीर्ण हुन नसकेका हुन्।

१३ हजार २८७ जनाको दरबन्दीका लागि लिएको सामान्य परीक्षा उत्तीर्ण गरेका १८ हजार ९६५ जनाले विषयगत लिखित परीक्षा दिएकोमा ११ हजार ७२४ जना मात्रै अन्तर्वार्ताका लागि छनोट भएका हुन्। आयोगले माग गरेको भन्दा १ हजार ५६३ परीक्षार्थी उत्तीर्ण हुन सकेनन्।

आयोगले काठमाडौँ, भक्तपुर र ललितपुरबाहेक ७४ जिल्लाका लागि खुलाएको प्राविको विज्ञापनमा १९ जिल्लामा मात्र माग भन्दा बढी उम्मेदवार उत्तीर्ण भएका छन्। बाँकी ५५ जिल्लामा भने मागअनुसारको शिक्षक उत्तीर्ण भएनन्।

मधेश प्रदेशको सर्लाही जिल्लामा २३० जनाका लागि खुलाएको प्रावि तहको विज्ञापनको लिखित परीक्षामा सहभागी २१० जनामध्ये ६५ जना मात्रै उत्तीर्ण भएका छन्। एकै जिल्लामा १६५ जना अनुत्तीर्ण भएका हुन्।

यस्तै बागलुङ जिल्लामा खुलाएको ४२९ जनाको विज्ञापनको लिखित परीक्षामा सहभागी १ हजार १९२ जनामध्ये ५१९ जना उत्तीर्ण भएका छन्। मागभन्दा सबैभन्दा बढी ९० जना उत्तीर्ण भएका छन्।

आयोगले निम्न माध्यमिक तहमा खुलाएको २ हजार ६०६ विज्ञापन २ हजार ५०१ जना मात्र उत्तीर्ण भएका थिए भने माध्यमिक तहमा खुलाएको १ हजार ५५२ जनाको विज्ञापनमा १ हजार १८२ जना मात्र उत्तीर्ण भएका थिए।

प्रकाशित: १६ माघ २०७९ १३:४० | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast