कक्षा १२ मा कति जनाको कुन जीपीए?

हिमाल प्रेस ५ असार २०८३ ११:४३ | Friday, June 19, 2026
6
SHARES
कक्षा १२ मा कति जनाको कुन जीपीए?

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ।

नियमिततर्फ परीक्षामा सहभागी ३ लाख ३२ हजार २४१ जना परीक्षार्थीमध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका छन्।

नतिजाअनुसार ३.६१ देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको छ। ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ जना, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २४९ जना, २.४१ देखि २.८० जीपीए ल्याउने ५० हजार ५९७ जना, २.०१ देखि २.४० जीपीए ल्याउने ४ हजार ३०८ जना तथा १.६१ देखि २.०० जीपीए ल्याउने ९ जना रहेका छन्।

यस वर्ष कुल ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ उत्तीर्ण दर ६९.७५ प्रतिशत र आंशिकतर्फ ४२.३८ प्रतिशत रहेको बोर्डले जनाएको छ।

परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको नतिजा पोर्टल, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट तथा नेपाल टेलिकमको नतिजा पोर्टल मार्फतहेर्न सकिनेछ।

प्रकाशित: ५ असार २०८३ ११:४३ | Friday, June 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast