‘बेइज्जत’ भयो भन्दै हर्कले मागे प्रधानमन्त्रीको राजीनामा

हिमाल प्रेस १६ वैशाख २०८३ ११:४३ | Wednesday, April 29, 2026
20
SHARES
‘बेइज्जत’ भयो भन्दै हर्कले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा मागेका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री बालेनमा न्यूनतम मानवता पनि नदेखिएको आरोप लगाउँदै मार्गप्रशस्त गरिनुपर्ने बताएका हुन्।

‘बालेनले तुरुन्त राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ। न्यूनतम मानवतासमेत देखिएन’, साम्पाङले दाबी गरेका छन्,‘संयुक्त राष्ट्रसंघको समेत ध्यानाकर्षण र विरोध आइसक्यो। योभन्दा ठूलो अन्तर्राष्ट्रिय बेइज्जत अर्को छैन, हुँदैन।’

सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएकामा सांसद साम्पाङले निरन्तर विरोध गरिरहेका छन्।

प्रकाशित: १६ वैशाख २०८३ ११:४३ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast