पेट्रोल पम्पबाटै चोरी भयो ट्यांकर, निकालियो २० हजार लिटर डिजेल

हिमाल प्रेस १६ माघ २०७९ ११:४७ | Monday, January 30, 2023
पेट्रोल पम्पबाटै चोरी भयो ट्यांकर, निकालियो २० हजार लिटर डिजेल

जनकपुरधाम- सप्तरीको कञ्चनरुप  नगरपालिका-९ स्थित एक पेट्रोल पम्पबाट डिजेलसहितको ट्यांकर चोरी भएको छ। को १ ख ३६५५ नम्बरको ट्यांकर चोरी गरेर २० हजार लिटर डिजेल निकालिएको प्रहरीले जनाएको छ।

अमलेखगन्जबाट विराटनगर जाँदै गरेको उक्त ट्यांकर शनिबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गत रूपनगरस्थित सो पेट्रोल पम्पबाट चोरी भएको थियो। आइतबार बिहान पूर्वपश्चिम राजमार्गभन्दा उत्तर शम्भुनाथ नगरपालिका-२, खैरबनामा जंगल जाने बाटोमा स्थानीयले ट्यांकर देखेपछि प्रहरीलाई खबर गरेका थिए।

डिजेल निकाली बेवारिस अवस्थामा छोडेर चोरी गर्नेहरू फरार भएको प्रहरीले जनाएको छ। बेवारिस अवस्थामा फेला परेको ट्यांकर अहिले प्रहरी नियन्त्रणमा छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रामकुमार यादवले ट्यांकर घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।

प्रकाशित: १६ माघ २०७९ ११:४७ | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast