यी ठाउँबाट लाखौँको सामग्री चोरी

हिमाल प्रेस १ पुष २०८२ १३:३१ | Tuesday, December 16, 2025
6
SHARES
यी ठाउँबाट लाखौँको सामग्री चोरी सांकेतिक तस्बिर।

काठमाडौँ- काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट लाखौँको सामग्री चोरी भएको छ।

नेपाल प्रहरीका अनुसार सोमबार मात्रै काठमाडौँको तारकेश्वर नगरपालिका, काठमाडौँ महानगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानबाट सोमबार मात्रै सुनका विभिन्न गरगहना र नगदसमेत गरी करिब ५७ लाख बराबरको सामग्री चोरी भएको हो।

तारकेश्वर नगरपालिका–११ नेपालटारमा सुनिता बजगाईँको कोठाबाट रु दुई लाख ९१ हजार, तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा जयराम अधिकारीको घरबाट रु तीन लाख ७७ हजार र काठमाडौँ महानगरपालिका–१५ मा धर्मरत्न शाहीको कोठाबाट सुन तथा चाँदीका गरगहना र ल्याप्टप एक थान गरी करिब रु सात लाख ४० हजार बराबरको चोरी भएको छ।

प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–१ भैरव टोलमा जानेन्द्रलाल कर्णको कोठाबाट रु चार लाख चार हजार र कृष्ण मन्दिर चोक नजिकै बाबुराम पाण्डेको कोठाबाट रु ३९ लाख ४७ हजार बराबरको सामग्री चोरी भएको छ।

चोरीमा संलग्नको खोजी गर्नुका साथै सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ पुष २०८२ १३:३१ | Tuesday, December 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast