सार्वजनिक जग्गा अतिक्रमित गरेका सुकुम्बासीलाई भनियो- बस्ती खाली गर्नू अटेरी गरे भत्काइन्छ

हिमाल प्रेस ११ वैशाख २०८३ ६:०९ | Friday, April 24, 2026
10
SHARES
सार्वजनिक जग्गा अतिक्रमित गरेका सुकुम्बासीलाई भनियो- बस्ती खाली गर्नू अटेरी गरे भत्काइन्छ

काठमाडौँ- काठमाडौँको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरूबाट अन्यत्र सर्न सुरक्षाकर्मीले बिहीबार साँझ माइकिङ गरी सबैलाई अनुरोध गरेको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले सार्वजनिक सूचना जारी गर्दै वैशाख १२ गतेदेखि खाली गरिने भएकाले त्यसअघि नै बस्ती खाली गर्न अनुरोध गरेको हो।

माइकिङमार्फत अनुरोध गरिएको छ, ‘वैशाख १२ गते बिहान ६ः०० बजेदेखि घरटहरा भत्काउने र अतिक्रममित जग्गा पूर्ण खाली गर्ने कार्य सुरु गरिने र त्यस कार्यमा अवरोध गरेमा कानुनअनुसार कारबाही हुनेछ।’

नेपाल सरकारले वास्तविक भूमिहीनको लगत लिई आवश्यक कार्य तत्काल सुरु हुने सूचनामा भनिएको छ। त्यसमा बस्ने अपाङ्गता भएका, बालबालिका, सुत्केरी, वृद्धवृद्धा र बिरामीलाई प्राथमिकता दिई सुरक्षित रूपमा सार्न अनुरोध गरिएको छ। त्यसका लागि सुरक्षाकर्मीको सहयोग चाहिएमा सहयोग माग्न अनुरोध पनि गरिएको छ।

प्रकाशित: ११ वैशाख २०८३ ६:०९ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast