विपिन कार्की मुख्य भूमिकामा रहेको फिल्म ‘काजी’ को प्रदर्शन मिति घोषणा

हिमाल प्रेस ६ वैशाख २०८३ १२:४० | Sunday, April 19, 2026
14
SHARES
विपिन कार्की मुख्य भूमिकामा रहेको फिल्म ‘काजी’ को प्रदर्शन मिति घोषणा

काठमाडौँ- अभिनेता विपिन कार्की मुख्य भूमिकामा रहेको फिल्म ‘काजी’ को प्रदर्शन मिति घोषणा गरिएको छ। आइतबार सार्वजनिक गरिएको प्रिभ्यूसँगै फिल्म आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिइएको हो।

फिल्मलाई लिएर विपिन निकै उत्साहित देखिएका छन्। केही दिनअघि एक फिल्म प्रिमियरमा भेटिएका उनले ‘काजी’ प्रति आफ्नो भरोसा व्यक्त गर्दै यसलाई क्लासिक लभस्टोरीका रूपमा वर्णन गरे।

उनले आफ्नो अघिल्लो फिल्म ‘उनको स्वीटर’ जस्तै यसले पनि दर्शकलाई सरप्राइज दिने विश्वास व्यक्त गरेका छन्। कथावस्तुलाई मुनामदन जस्तै प्रभावशाली प्रेमकथासँग तुलना गर्न सकिने बताएका छन्।

फिल्ममा केकी अधिकारी ‘कजिनी’ पात्रमा देखिएकी छन्। प्रिमियर प्रिभ्यूले दर्शकमाझ फिल्मप्रति उत्सुकता बढाउने निर्माण टिमको विश्वास छ। विवाहपछिको प्रेमकथालाई केन्द्रमा राखेर बनाइएको यो फिल्म दर्शकले मन पराउने अपेक्षा गरिएको छ। प्रिभ्यूमा देखिएको भव्य मेकिङ र संवादले पनि दर्शकको ध्यान खिचेको छ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको यस फिल्ममा विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दीक्षित्ता अर्याललगायतको अभिनय रहेको छ।

रिजाल एण्ड रिजल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा छायांकन चिन्तन राजभण्डारीले गरेका छन् भने संगीत कालिप्रसाद बास्कोटाको रहेको छ। प्रोडक्सन डिजाइन ओजस्वी ओझा, रंग संयोजन श्याम कुँवर, लोकेशन ध्वनि सागर अर्याल र पार्श्व संगीत सुजिल कर्माचार्यले सम्हालेका छन्।

फिल्मका क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक विपिन मल्ल रहेका छन्।

कार्यकारी निर्माता असिम काफ्ले तथा निर्माता नेहान रिजाल र विकास राज जोशी हुन्। फिल्मको वितरण श्रीराम बालाजी फिल्मस्‌ले गर्नेछ।

प्रकाशित: ६ वैशाख २०८३ १२:४० | Sunday, April 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast