बंगलादेश दूतावासमा मनाइयो ‘पोहेला बोइशाख’

हिमाल प्रेस ४ वैशाख २०८३ २१:२६ | Friday, April 17, 2026
बंगलादेश दूतावासमा मनाइयो ‘पोहेला बोइशाख’

काठमाडौँ- काठमाडौँ–काठमाडौँस्थित बंगलादेश राजदूतवासले बंगाली नयाँ वर्ष १४३३ को अवसरमा ‘पोहेला बोइशाख’ पर्व मनाएको छ।

शुक्रबार दूतावास परिसरमा आयोजित समारोहमा यो पर्व मनाइएको हो। समारोहमा विभिन्न देशका कूटनीतिज्ञ, सरकारी अधिकारी र समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि सार्कका महासचिव गोलम सरवार रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद सफिकुर रहमानले ‘पोहेला बोइशाख’ केवल एक पर्वमात्र नभई बंगाली राष्ट्रिय पहिचान, इतिहास र संस्कृतिको अभिन्न अंग रहेको बताए।

कार्यक्रममा नेपाल र बंगलादेशबीचको सांस्कृतिक सामीप्यता झल्काउने गरी विशेष सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। नेपाली कलाकार, स्थानीय विद्यालयका विद्यार्थी र बंगलादेशी समुदायका सदस्यहरू सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रकाशित: ४ वैशाख २०८३ २१:२६ | Friday, April 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast