भारतमा स्वनिर्वासित बंगलादेशकी पूर्वप्रधानमन्त्री सेख हसिना। फाइल तस्बिर
काठमाडौँ- बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगन्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरेको छ।
निगरानीका लागि ड्रोन र बडी क्यामेरा तथा सम्भावित दंगा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ। हसिनाले डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगन्जमा अवामी लिगका समर्थक सक्रिय भएका छन्।
पार्टी प्रतिबन्धित रहेकाले उनीहरूका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको समाचार संस्था एएनआईले जनाएको छ।
सन् २०२४ को जुलाई विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा हसिनालाई सन् २०२५ नोभेम्बर १७ मा मृत्युदण्डको फैसला सुनाइएको थियो।
फैसलाको पूर्ण पाठ सन् २०२६ जनवरी १३ मा प्रकाशित भएको थियो।
प्रकाशित: ३० कार्तिक २०८३ १६:४० | Monday, November 16, 2026
प्रतिक्रिया



