संस्कृतिमन्त्री गनेशसँग पोखराका तीन ठाउँमा जग्गा, २१ तोला सुन, एक करोड ४० लाख रुपैयाँ ऋण

हिमाल प्रेस ३० चैत २०८२ ६:३९ | Monday, April 13, 2026
16
SHARES
संस्कृतिमन्त्री गनेशसँग पोखराका तीन ठाउँमा जग्गा, २१ तोला सुन, एक करोड ४० लाख रुपैयाँ ऋण

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडकराज पौडेलको भाउजुको नाममा पोखरा महानगरपालिका–१४ मा २ करोड ६० लाख रुपैयाँको घर रहेको छ भने आमाको नाममा पोखराका तीन ठाउँमा १८३०।६७ वर्गमिटर जग्गा रहेको छ। २१ तोला सुन र पाँच तोला चाँदी रहेको छ।

मन्त्री पौडेलले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा विभिन्न बैंक र सहकारीमा गरी २२ लाख ७३ हजार २२ रुपैयाँ नगद देखिएको छ। उनको विभिन्न कम्पनीमा १८ हजार १५२ कित्ता सेयर छ।

उनले बैंक र सहकारीमा गरी एक करोड ४० लाख रुपैयाँ ऋण देखाएका छन्।

मन्त्री पौडेलसँग एउटा जीप र दुईवटा स्कुटर छन् भने विभिन्न कम्पनीमा २ करोड २५ लाख रुपैयाँ लगानी रहेको देखाएका छन्।

 

प्रकाशित: ३० चैत २०८२ ६:३९ | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast