भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति

हिमाल प्रेस १७ भदौ २०८३ १६:३७ | Wednesday, September 2, 2026
भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीका कारण पर्यटन क्षेत्रमा अर्बौको क्षति भएको बताएका छन्।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले पर्यटन क्षेत्रका विभिन्न विधा र भविष्यमा हुने सम्भावित नोक्सानी समेत जोड्दा प्रारम्भिक रूपमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको बताए।

बाढीका कारण १४२ वटा होटल, ५७ वटा साना रेस्टुरेन्ट र पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारी साधनमा क्षति पुगेको उनले बताए।

साथै २७ वटा सम्पदा, २ वटा मस्जिदका साथै गुम्बा, स्तुपा र मन्दिरहरू क्षतिग्रस्त भएको; बेत्रावती सन्धिको ऐतिहासिक साक्षी मानिने ‘सन्धिशिला’ समेत बगेको उनले बताए।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उद्धार समन्वय टोली मार्फत देशभरका निजी हेलिकप्टरहरू एकत्रित गरी एकद्वार प्रणालीबाट उद्धार कार्य जारी राखिएको जानकारी दिए।

उनले बाढी प्रभावित क्षेत्रलाई जलवायु परिवर्तनको असर अध्ययन र स्मरण गराउने गरी ‘क्लाइमेट हेरिटेज’ को रूपमा विकास गरिने बताए। विश्वका कारण जलवायु अन्याय खेप्नुपरेको आवाज उठाउने र अर्कातिर ‘नेपाल खुला र सुरक्षित छ’ भन्दै अन्तर्राष्ट्रिय पर्यटकहरूलाई स्वागत गर्ने नीति लिइने उनको भनाइ छ।

प्रकाशित: १७ भदौ २०८३ १६:३७ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast