टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा गम्भीर घाइते

हिमाल प्रेस २९ चैत २०८२ ७:०० | Sunday, April 12, 2026
10
SHARES
टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा गम्भीर घाइते

नेपालगन्ज- बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले कोहलपुरको भित्री सडकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार जाजरकोट छेडागाउ नगरपालिका–५ का ५७ वर्षीया देवीसरा रावतको घटनास्थलमै मृत्यु भएको जानकारी दिए। सो घटनामा मोटरसाइकल चालक उनका छोरा सुदीप रावत गम्भीर घाइते भएका छन्।

प्रनाउ पातलीका अनुसार स्थानीय गुरुवा गाउँदेखि हवलदारपुरतर्फ गइरहेको कर्णाली प्रदेश ०२–००१ ब ०३६१ नम्बरको मोटरसाइकललाई हवलदारपुरबाट गुरुवागाउतर्फ गइरहेको भे १ ख ३२३२ नम्बरको टिपरले अक्कलघरवामा ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका सुदीप रावतको नेपालगञ्जस्थित सञ्जिवनी अस्पतालमा भइरहेको उल्लेख छ। उनको छाती र टाउकोमा गम्भीर चोट लागेको जनाइएको छ। दुर्घटनापछि फरार भएका टिपर चालक बाँके राप्ति सोनारी–९ निवासी टेकबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ चैत २०८२ ७:०० | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast