भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु, चार जना पक्राउ

हिमाल प्रेस २५ चैत २०८२ १७:४९ | Wednesday, April 8, 2026
10
SHARES
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु, चार जना पक्राउ

टक्सार (भोजपुर)- कुटपिटबाट भोजपुरका एक युवकको मृत्यु भएको छ। कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

षडानन्द नगरपालिका-१३ रेवामा भएको कुटपिटको घटनामा २४ वर्षीय सम्मरबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए। उनका अनुसार षडानन्द नगरपालिका–१३ मुखिया टोल घर भई विगत १२ वर्षदेखि आफ्ना सानाबुवा शंकराज तामाङको घरमा बस्दै आएका थिए।

षडानन्द नगरपालिका–१४ बेखम्चाका २१ वर्षीय सुनील राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीले तामाङलाई मङ्गलबार राति घरमै पुगेर कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार चारैजनालाई आज घरबाटै नियन्त्रणमा लिइएको प्रनाउ लामाले जानकारी दिए।

प्रकाशित: २५ चैत २०८२ १७:४९ | Wednesday, April 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast