जनकपुरमा छठघाट कुरेर बसेका पुरुष मृत फेला, गालामा धारिलो हतियारको चोट

हिमाल प्रेस ३० कार्तिक २०८३ १४:५६ | Monday, November 16, 2026
10
SHARES
जनकपुरमा छठघाट कुरेर बसेका पुरुष मृत फेला, गालामा धारिलो हतियारको चोट

जनकपुर- धनुषाको सहिदनगर नगरपालिका-२ मतौनास्थित धनी पोखरीमा छठघाटको रेखदेख गर्न बसेका ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्थानीय रामजतन यादव पोखरीमा छठघाट निर्माण गरी एक्लै रेखदेख गर्न बसेका थिए।

उनी सोमबार बिहान ६ बजे मृत अवस्थामा फेला परेका थिए। मृतक यादवको दाहिने गालामा मुखदेखि कानको लोतीसम्म धारिलो हतियारले काटेको जस्तो चोट देखिएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालको कमान्डमा कुकुरसहितको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाएको छ। घटनास्थलनजिकै पोखरीको पानीमा पराल काट्ने दाउसमेत फेला परेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। घटनाको कारण र संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०८३ १४:५६ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast