नागरिकता विवाद

रवि लामिछानेले नागरिकताको प्रक्रिया आइतबार सुरु गर्ने

हिमाल प्रेस १३ माघ २०७९ १९:३१ | Friday, January 27, 2023
रवि लामिछानेले नागरिकताको प्रक्रिया आइतबार सुरु गर्ने फाइल तस्बिर- हिमाल प्रेस

काठमाडौँ- निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार नागरिकता ब्युँताउने प्रक्रिया सुरु गर्ने भएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै उनले जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको लागि नयाँ प्रक्रिया सुरु गर्नु पर्ने भएको हो।

‘अदालतको फैसलाको सम्मान गर्दै २०५० सालमा लिएको नागरिकता पुन:सक्रिय बनाउने प्रक्रिया आइतबार नै सुरु हुन्छ,’ लामिछानेका प्रेस सल्लाहकार नवराज पाण्डेले,’अनागरिक भएर बस्ने कुरै आउँदैन।’

लामिछानेले २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता प्रमाणपत्र लिएका थिए। २०७० सालमा अमेरिकाको नागरिकता लिएसँगै उनको नेपाली नागरिकता निष्क्रिय भएको सर्वोच्च अदालतले फैसला गरेको छ।

लामिछानेले आइतबारै पुन: नेपाली नागरिकता कायम भएको निस्सा प्राप्त गर्न सक्नेछन्। सो पश्चात उनी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाहेमा पुन: गृहमन्त्री हुन सक्नेछन्। संविधानअनुसार मन्त्री बनेको ६ महिनाभित्र संसद्‌को सदस्य भने हुनुपर्नेछ।

अदालतको फैसलापछि लामिछानेले गृहमन्त्रीको हैसियतमा पाएको मन्त्री क्‍वाटर र सुविधा छोडिसकेको पाण्डेले जानकारी दिए।

गृह मन्त्रालयबाट बाहिरिँदै रविले भने : परिचय नभएको अनागरिकलाई के प्रश्न गर्नुहुन्छ? [फोटो फिचर]

राज्य संयन्त्रमाथि ‘ठट्टा गर्दा’ १० महिनामै उचाइमा पुगेर ‘शून्य’ मा झरे रवि लामिछाने

एक घण्टामै ब्युँतिन सक्छ रविको नागरिकता, उपचुनावमा पनि उठ्न पाउने

रवि लामिछानेको सांसद र मन्त्री पद खारेज [फैसलासहित]

प्रकाशित: १३ माघ २०७९ १९:३१ | Friday, January 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast