टिकटक प्रयोगकर्ताविरुद्ध हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी

हिमाल प्रेस १६ चैत २०८२ १५:५१ | Monday, March 30, 2026
20
SHARES
टिकटक प्रयोगकर्ताविरुद्ध हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्क साम्पाङले आफू र आफ्नो परिवारलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत ज्यान मार्ने तथा घर जलाउने धम्की आएको भन्दै नेपाल प्रहरी साइबर ब्यूरो मा मुद्दा दायर गरेका छन्।

आफूविरुद्ध टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गर्दै गालीगलौज गर्नुका साथै समाजमा भ्रम फैलाउने गतिविधि भएको साम्पाङले दिएको उजुरी निवेदनमा उल्लेख छ।

उक्त उजुरीमा ‘सुनिता खड्का’ नामक टिकटक प्रयोगकर्तामार्फत यस्तो गतिविधि भएको उल्लेख छ।

निवेदनमा आफूलाई मात्र नभई परिवारका सदस्यहरूलाई समेत ज्यान मार्ने धम्की दिइएको र घरमा आगजनी गर्ने चेतावनीसमेत दिइएको अध्यक्ष साम्पाङले बताएका छन्।

यस्ता कार्यले व्यक्तिगत सुरक्षा र सामाजिक प्रतिष्ठामा गम्भीर असर परेको भन्दै प्रचलित कानुनअनुसार कडा कारबाहीको माग साम्पाङको छ।

साम्पाङले सम्बन्धित व्यक्तिको पहिचान, ठेगाना, सम्पर्क विवरण लगायतका तथ्यहरू पत्ता लगाई आवश्यक अनुसन्धान गरी हदैसम्मको कारबाही गर्न साइबर ब्यूरोसँग आग्रह गरेका छन्।

उजुरीसँगै आवश्यक स्क्रिनसट र व्यक्तिगत परिचयसम्बन्धी कागजातहरू समेत संलग्न गरिएको छ।

प्रकाशित: १६ चैत २०८२ १५:५१ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast