काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्क साम्पाङले संसद् बैठक बोलाउन सरकारसँग माग गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत नेपाल सरकारलाई सम्बोधन गर्दै लेखेका छन्,‘हेल्लो नेपाल सरकार, सदनको पहिलो बैठक कहिले हुन्छ? हाम्रो बोल्ने पालो कहिले आउँछ?’
राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र संघीय संसद्को अधिवेशन आव्हान गर्ने संवैधानिक व्यवस्था छ।
चैत १२ गते सांसदहरूले शपथ लिएका थिए भने १३ गते प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका थिए।
प्रकाशित: १५ चैत २०८२ १६:४६ | Sunday, March 29, 2026
प्रतिक्रिया




