मन्त्रिपरिषद्‌मा ३३ प्रतिशत महिला : तीनजनालाई दुईदुई र दुईजनालाई एकएक मन्त्रालयको जिम्मेवारी

हिमाल प्रेस १३ चैत २०८२ १५:३४ | Friday, March 27, 2026
34
SHARES
मन्त्रिपरिषद्‌मा ३३ प्रतिशत महिला : तीनजनालाई दुईदुई र दुईजनालाई एकएक मन्त्रालयको जिम्मेवारी मन्त्रीहरू क्रमश: सोबिता गौतम, निशा मेहता, गीता चौधरी, सीता वादी र प्रतिभा रावल।

काठमाडौँ– वालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्‌मा पाँचजना महिला मन्त्री बनेका छन्। शुक्रबार नियुक्त भएका १५ सदस्यीय सरकारमा पाँच जना महिला छन्। यो मन्त्रिपरिषद् सदस्यमा ३३ प्रतिशत सहभागिता हो।

पाँच मन्त्रीमध्ये निशा मेहतालाई दुईवटा मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनले स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालयको जिम्मेवारी पाएकी हुन्। यसैगरी प्रतिभा रावलले संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण गरी दुईवटा मन्त्रालयको जिम्मेवारी पाएकी छन्। मेहता र रावल समानुपातिक सांसद हुन्।

सोविता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। गौतम चितवन ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

गीता चौधरीले कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण गरी दुई मन्त्रालय पाएकी छन्। यसैगरी सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएकी छन्। चौधरी र वादी पनि समानुपातिक सांसद हुन्।

क्र.सं. नाम थर पद कार्यविभाजन
वालेन्द्र शाह प्रधानमन्त्री रक्षा; उद्योग, वाणिज्य तथा आपूर्ति
डा. स्वर्णिम वाग्ले मन्त्री अर्थ
सुधन गुरुङ मन्त्री गृह
शिशिर खनाल मन्त्री परराष्ट्र
सुनिल लम्साल मन्त्री भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास
विराजभक्त श्रेष्‍ठ मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
खडकराज पौडेल मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
सस्मित पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि; युवा तथा खेलकुद
निशा मेहता मन्त्री स्वास्थ्य तथा जनस‌‌ङ्ख्या; खानेपानी
१० डा. विक्रम तिमिल्सिना मन्त्री सञ्चार तथा सूचना प्रविधि
११ प्रतिभा रावल मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१२ सोविता गौतम मन्त्री कानून, न्याय तथा संसदीय मामिला
१३ गीता चौधरी मन्त्री कृषि तथा पशुपन्छी विकास; वन तथा वातावरण
१४ दिपक कुमार साह मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५ सीता बादी मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
प्रकाशित: १३ चैत २०८२ १५:३४ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast