काठमाडौँ- चलचित्र विकास बोर्डले हलमा प्रदर्शनरत चार नेपाली फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। बोर्डले सोमबार चैत ७ सम्म हलमा प्रदर्शनरत फिल्मको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको हो।
रिपोर्टअनुसार अहिले हलमा ‘आ बाट आमा’, ‘कुमारी’, ‘रमिताको पिरती’ र ‘लालिमा’ प्रदर्शन भइरहेको छ। यी फिल्मकाे कमाइ ५ लाखदेखि १३ करोडसम्म रहेकाे छ। कुन फिल्मको व्यापार कस्तो छ त हेरौं,
‘आ बाट आमा’ ले हलमा प्रदर्शनको ५१ दिन मनाइसकेको छ। माघ १६ देखि प्रदर्शनरत फिल्मले आइतबार विभिन्न हलमा ५१ दिन मनायो। योसँगै फिल्मले १३ करोड १० लाख ९२ हजार ७ सय ७५ रुपैयाँ कलेक्सन गरेको विवरणमा उल्लेख छ। यसअनुसार फिल्मको ५ लाख ३ हजार १ सय १४ वटा टिकट बिक्री भएको छ।
‘कुमारी’ ले ६६ लाख २५ हजार ४ सय ५१ रुपैयाँ कमाएको छ। भने अहिलेसम्म फिल्मको २० हजार ८ सय १७ टिकट बिक्री भएको छ।
‘रमिताको पिरती’ को कमाई ३० लाख ८४ हजार ८ सय ४३ रुपैयाँ रहेको छ। विवरणअनुसार फिल्मको ९ हजार ९ सय ७५ टिकट बिक्री भएको छ।
‘लालिमा’ ले ५ लाख २९ हजार ७ सय ३८ रुपैयाँ कमाउन सफल भएको छ। फिल्मको २ हजार ४० वटा टिकट बिक्री भएको बोर्डको विवरणमा उल्लेख छ।




