किन आन्दोलित छन् ए डिभिजन क्लबहरू?

हिमाल प्रेस २ चैत २०८२ १५:४७ | Monday, March 16, 2026
किन आन्दोलित छन् ए डिभिजन क्लबहरू?

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले एकलौटी सहिद स्मारक ए डिभिजन लिगको मिति तय गरेको भन्दै ए डिभिजन क्लबहरू आन्दोलित भएका छन्।

एन्फा र क्लबहरूबीच यसअघि भएको सहमति कार्यान्वयन गर्नुको साटो एकलौटी तबरले ए डिभिजन लिगको मिति तय गरेको भन्दै क्लबहरूले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रदर्शन गरेका हुन्। प्रदर्शनसहित एन्फा कार्यालय जान लागेका प्रदर्शनकारीलाई प्रहरीले गेटमा नै रोकेपछि उनीहरूले बाहिर धर्ना दिएका थिए।

ए डिभिजन क्लबहरूले कात्तिक १७ गते भएको कार्यतालिकासहितको सहमति कार्यन्वयन हुनुपर्ने, विदेशी खेलाडीहरूको हकमा विन्डो खुला गरी एकद्वार प्रणालीबाट परमिट लिने व्यवस्था अविलम्ब गर्नुपर्ने माग राखेका छन्।

साथै उनीहरूले सहिद स्मारक ए डिभिजन लिगको लागि १४ क्लबको सहभागी हुने भन्ने उल्लेख गरिएकोले लिगको वैधताको तथा कानुनी अड्चन आउन नदिन एन्फाले समयमै निर्णय गरी १४ वटा क्लबको सहभागिता सुनिश्चितता गर्नुपर्ने जनाएका छन्।

लिगसम्बन्धी प्राविधिक तथा आर्थिक पक्ष सबै सुनिश्चितता गरी क्लबसँगको सहमतिमा मात्र लिगको मिति तय गर्नुपर्ने माग गरिएको छ।

प्रकाशित: २ चैत २०८२ १५:४७ | Monday, March 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast