सिन्धुपाल्चोक-२ मा रोचक मत परिणाम : प्रत्यक्षमा व्यक्ति, समानुपातिकमा पार्टी

हिमाल प्रेस २६ फागुन २०८२ १२:२२ | Tuesday, March 10, 2026
30
SHARES
सिन्धुपाल्चोक-२ मा रोचक मत परिणाम : प्रत्यक्षमा व्यक्ति, समानुपातिकमा पार्टी

काठमाडौँ- सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचन परिणामले मतदाताको रोचक प्रवृत्ति उजागर गरेको छ। प्रत्यक्षतर्फ उम्मेदवारको व्यक्तिगत प्रभावलाई प्राथमिकता दिएका मतदाताले समानुपातिकतर्फ भने पार्टी रोजाइमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो स्थान दिएका छन्।

प्रत्यक्षतर्फ नेकपाका युवराज दुलाल २१ हजार ६९९ मतसहित निर्वाचित भएका छन्। नेपाली कांग्रेसका वंशलाल तामाङले १९ हजार १४६ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरे। एमालेका शेरबहादुर तामाङ १५ हजार ९२६ मतसहित तेस्रो भए भने राष्ट्रिय स्वतन्त्र पार्टीका झलककुमार श्रेष्ठ १४ हजार १९ मतसहित चौथो स्थानमा सीमित भए।

यो परिणामले प्रत्यक्ष मतदानमा मतदाताले उम्मेदवारको व्यक्तिगत छवि, स्थानीय पहुँच, कामको अनुभव र प्रभावलाई आधार बनाएको संकेत गर्छ।

समानुपातिकतर्फ भने मतदाताको रोजाइ फरक देखिएको छ। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले २५ हजार ८७० मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। नेपाली कांग्रेसले १४ हजार ४९१ मत प्राप्त गरेको छ भने एमालेले १३ हजार २५७ मत ल्याएको छ। प्रत्यक्षतर्फ निर्वाचित नेकपा भने समानुपातिकतर्फ १२ हजार ८९७ मतसहित चौथो स्थानमा सीमित भएको छ।

यसले एउटै निर्वाचन क्षेत्रमा मतदाताले उम्मेदवार र पार्टीलाई फरक आधारमा मूल्यांकन गरेको स्पष्ट संकेत दिएको छ। प्रत्यक्षमा व्यक्तिको प्रभाव निर्णायक बनेको देखिन्छ भने समानुपातिकतर्फ पार्टीप्रतिको समर्थन बढी देखिएको छ।

प्रकाशित: २६ फागुन २०८२ १२:२२ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast