नीति तथा कार्यक्रममाथि विपक्षीको प्रहार : कसले के भन्यो?

हिमाल प्रेस ३१ वैशाख २०८३ १७:३३ | Thursday, May 14, 2026
नीति तथा कार्यक्रममाथि विपक्षीको प्रहार : कसले के भन्यो?

काठमाडौँ- सरकारले ल्याएको नीति तथा कार्यक्रमका विषयवस्तुप्रति विपक्षी दलका सांसदहरूले आलोचना गरेका छन्। प्रतिनिधिसभा बैठकमा बिहीबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा विपक्षी दलका सांसदहरुले सरकारको नीति तथा कार्यक्रम परम्परावादी भएको टिप्पणी गरेका हुन्।

कांग्रेस सांसद अर्जुननरसिंह केसीले प्रजातन्त्रको मूल्यमान्यता विपरीत अघि नबढ्न सरकारलाई सुझाव दिए। उनले सरकारको कार्यक्रममा केही राम्रा कार्यक्रम रहेपछि अधिकांश पुरानै कुरा दोहरिएको र परम्पराभन्दा माथि उठ्न नसकेको धारणा राखे। । सांसद केसीले संसदको बहुमतमात्रै अन्तिम होइन भन्ने हेक्का राख्न सुझावसमेत दिए।

नेकपा एमालेकी सांसद पद्मा अर्यालले सरकारको नीति र कार्यक्रम स्पष्ट नरहेको बताइन्। नीति तथा कार्यक्रम राष्ट्रकै दस्तावेज भएकाले यसप्रति टिप्पणी गर्नु विरोध नभई राष्ट्रप्रतिको जिम्मेवारी भएको उनको भनाइ छ। उनले समृद्ध नेपाल सुखी नेपालीको विषयलाई कार्यक्रमबाट झिक्नु उचित नभएको बताए।

नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकारको नीति कार्यक्रममा समाजवाद उम्मुख अर्थतन्त्रको विषय मौन रहेको बताए। उनले सरकारको कार्यक्रमलाई दिशाहीन नबनाउन आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast