सदनमा अर्जुननरसिंहको प्रस्ताव : विपद्पछिको काम गर्न संसद्बाटै उच्चस्तरीय समिति निर्माण गरौँ

हिमाल प्रेस ३१ भदौ २०८३ १४:०० | Wednesday, September 16, 2026
सदनमा अर्जुननरसिंहको प्रस्ताव : विपद्पछिको काम गर्न संसद्बाटै उच्चस्तरीय समिति निर्माण गरौँ

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विपद्पछिको काम गर्न संसद्बाटै उच्चस्तरीय समिति निर्माण गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले रसुवा बाढी आएको तीन हप्ता नाघेको बताए । ५ हजार बढी बेपत्ता रहेको र खोजी जारी राख्न माग गरे । रोग फैलिएको र उद्धार कार्य थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै उनले सरकारको ध्यानाकर्षण गरे । यसक्रममा उनले विपद्पछिको काम गर्न संसद्बाटै उच्चस्तरीय समिति निर्माण गर्नुपर्ने बताएका हुन् । ‘उद्धार कार्य अझै व्यवहारिक र प्रभावकारी हुन सकेको छैन । यसलाई व्यवहारिक र प्रभावकारी बनाउन र यसको समन्वय, संयोजन र सर्वदलीय सहभागिताको निम्ति संसद्बाट एउटा उच्चस्तरीय समिति निर्माण गर्नु आवश्यकता छ ।’

 

प्रकाशित: ३१ भदौ २०८३ १४:०० | Wednesday, September 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast