‘कांग्रेसको आन्तरिक मामिलामा अदालतले प्रवेश गर्दैन’

हिमाल प्रेस ८ भदौ २०८३ १९:१७ | Monday, August 24, 2026
‘कांग्रेसको आन्तरिक मामिलामा अदालतले प्रवेश गर्दैन’

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अदालत कुनै पनि पार्टीको आन्तिरक विषयमा प्रवेश नगर्ने विश्वास व्यक्त गरेका छन्।

सोमवार प्रतिनिधिसभाको वैठकबाटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दे सांसद केसीले अदालतमा रिट निवेदन दर्ता हुँदैमा आत्तिनु नपर्ने बताँउदै परिणामबाट विचलित हुुनुपर्ने कुनै कारण नभएको तर्क गरे।

उनले राष्टिय एकता र लोकतन्त्रका लािग सबै पक्ष लचिलो बन्नुपर्नेमा जोड दिँदै कांग्रेसको विशेष महाधिवेशनलाई स्वीकार गरी सबै सहमतिमा आउनुपर्नेमा जोड दिए।

फरक प्रसँगमा केसीले प्रधानमन्त्री वालेन्द्र शाहको मुस्तांग भ्रमणको प्रंसशा गर्दे जुन उद्देश्यले गए पनि प्रधानमन्त्रीले देखाएको सादगी संसदमा आएर देखाए अझ राम्रो हुने बताए।

उनले दुई तिहाईको सरकारलाई पाँच वर्ष सघाउन कांग्रेस सधैँ तयार रहेको भन्दै काम गर्दा विधि र प्रकृया पु¥याउन आग्रह गरे। ब्रेक नभएको गाडी जहाँ पनि कुदाउँदा जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने भन्दै सजग भएर काम गर्न उनले आग्रह गरे।

प्रकाशित: ८ भदौ २०८३ १९:१७ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast