काठमाडौँ- नेकपा प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई बिदा मनाइसकेको भए सदनमा आएर जबाफ दिन अनुरोध गरेका छन्।
हिजो प्रधानमन्त्री शाहले देश बनाउने टीम भन्दै गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको फोटो फेसबुकमा राखेका थिए।
उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो बिदा पनि मनाइसक्नुभएको छ। देश बनाउने उहाँको ३ जनाको जम्बो टोली पनि उहाँले घोषणा गरिसक्नुभएको छ। अब पक्कै पनि प्रधानमन्त्रीलाई केही फुर्सद पनि भयो होला । यो सदनमा आएर जनताका जल्दाबल्दा समस्याको जवाफ दिनुहुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’
प्रकाशित: १ असार २०८३ १२:०० | Monday, June 15, 2026
प्रतिक्रिया




