मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

हिमाल प्रेस २५ फागुन २०८२ २१:३७ | Monday, March 9, 2026
64
SHARES
मातृकाले पाए निर्वाचित भएको  प्रमाणपत्र

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता मातृकाप्रसाद यादवले प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरेका छन्।

नेकपा नेता कार्यकर्ताहरूको व्यापक दबाबपछि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो।

कोलो सुचीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी रद्द भएपछि धनुषा–१ को मतपरिणाम सार्वजनिक गर्न निर्वाचन आयोगले रोक लगाएको थियो।

उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरूद्ध रास्वपा उम्मेदवार साहले दायर गरेको रिटमाथि अन्तिम निर्णय नआउँदासम्म मतपरिणाम सार्वजनिक नगर्न आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सोमबार साहको उम्मेदवारी खारेज गर्ने निर्णयसम्बन्धमा कारण देखाऊ आदेश जारी गरेको छ। सर्वोच्चले अन्तिम आदेश नदिँदै निर्वाचन अधिकृतको कार्यालयले नेकपा उम्मेदवार यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो।

यादवले १० हजार ४२८ मत पाएका छन् भने नेपाली कांग्रेसका रामपल्टन साहले ९ हजार ४८५ मत प्राप्त गरेका छन्। त्यस्तै एमालेका उम्मेदवार रामचन्द्र मण्डलले ९ हजार २२० मत ल्याएका छन्।

रास्वपा उम्मेदवार साहको उम्मेदवारी रद्द भए पनि आयोगले पठाएको मतपत्रमा चुनाव चिह्न भने हटाएको थिएन। उम्मेदवारी खारेज भएका साहले सबैभन्दा बढी मत पाएको बताइएको छ।

धनुषा-१ उम्मेदवार साहको रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

नेकपाले माग्यो धनुषा–१ मा मातृका निर्वाचित भएको प्रमाणपत्र

धनुषा–१ को मतपरिणाम सार्वजनिक नगर्न आयोगको निर्देशन

उम्मेदवारी विवादले धनुषा-१ मा मतगणना रोकियो

प्रकाशित: २५ फागुन २०८२ २१:३७ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast