गोरखा-१ मा रास्वपाका सुदन गुरुङ विजयी

हिमाल प्रेस २५ फागुन २०८२ १६:५७ | Monday, March 9, 2026
गोरखा-१ मा रास्वपाका सुदन गुरुङ विजयी

गोरखा- गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङ विजयी भएका छन्। उनी अन्य दलका  उमेदवारसँग फराकिलो मतान्तरले विजयी भएका हुन्।

उनले २९ हजार ८९६ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन्।

गुरुङ र खत्रीबीचको मतान्तर १४ हजार ३९८ रहेको छ।

तेस्रो स्थानमा झरेको नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन्।

चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मत मात्र छ।

प्रकाशित: २५ फागुन २०८२ १६:५७ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast