समानुपातिकतर्फको मतगणना जारी, अहिलेसम्म कुन दलको कति?

हिमाल प्रेस २५ फागुन २०८२ १५:२६ | Monday, March 9, 2026
48
SHARES
समानुपातिकतर्फको मतगणना जारी, अहिलेसम्म कुन दलको कति?

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ। अपराह्न ३ बजेसम्म ९० लाख ८४ हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४३ लाख ९० हजार ३५ मत प्राप्त गरेको छ।

नेपाली कांग्रेसले १४ लाख ७० हजार ७९६, नेपाल कम्युनिस्ट पार्टीले १२ लाख ३१ हजार ७८९, नेपाली कम्युनिस्ट पार्टीले ६ लाख ५६ हजार ९४१, श्रम संस्कृति पार्टीले तीन लाख १३ हजार ४८९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ९४ हजार ३५५ मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगको मतगणना प्रबिष्ट प्रणालीका अनुसार जनता समाजवादी पार्टी नेपालले एक लाख ४० हजार २३७, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ३७ हजार २४५, जनमत पार्टीले ६२ हजार ४६० र राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले ५० हजार ५१ मत प्राप्त गरेको छ।

पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ १६४ क्षेत्रको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका १२४ उम्मेदवार विजयी भइसकेका छन्। कांग्रेस १७, एमाले सात, नेपाली कम्युनिस्ट पार्टी सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन्।

जारी मतगणनामा रास्वपा, कांग्रेस र एमालेले एक एक क्षेत्रमा अगाडि रहेका छन्। गोरखा क्षेत्र नं १ मा रास्वपा, इलाम क्षेत्र नं १ मा कांग्रेस र सङ्खुवासभा क्षेत्र नं १ मा एमाले उम्मेदवार अगाडि छन्।

प्रकाशित: २५ फागुन २०८२ १५:२६ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast