काठमाडौँ- सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन)लाई १०८२ मतले पछि पार्दै मतान्तर बढाउन थालेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरानको १ देखि ६ सम्मको १५ हजार ३७८ मतगणना सकिदा साम्पाङको मत ५८९१ रहेको छ। साम्पाङलाई सरिन तामाङले ४८०९ मत ल्याउँदै पछ्याइरहेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका सूर्यवहादुर भट्टराई (मनोज) ले १२९१, एमालेका टिकाराम लिम्बूले ९६४, कांग्रेसका सुजेन्द्र तामाङले ८९५, राप्रपाका उद्धव श्रेष्ठले ३७५ मत ल्याएका छन्।
प्रकाशित: २३ फागुन २०८२ ८:४९ | Saturday, March 7, 2026
प्रतिक्रिया





