शिशिर खनाल
काठमाडौँ- काठमाडौँ क्षेत्र-६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ। क्षेत्र नम्बर ६ का उम्मेदवार शिशिर खनालले चार हजार २९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिइन्।
यसैगरी, नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले एक हजार १८० र नेकपा एमालेका अमनकुमार मास्केले एक हजार ८६ मत प्राप्त गरेका छन्।
त्यसैगरी, क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिएका छन्। उनले सात हजार ६१७ मत प्राप्त गरेको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन्।
नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले ९३८ र नेपाली कांग्रेसकी सपना राजभण्डारीले ८९३ मत प्राप्त गरेका छन्।
प्रकाशित: २२ फागुन २०८२ ८:५० | Friday, March 6, 2026
प्रतिक्रिया





