काठमाडौँ- पछिल्लो १२ घण्टामा देशका थोरै स्थानमा पानी परेको छ । हल्कादेखि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार बिहान ६ः२८ बजेको मापनमा पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा लमजुङको फलेनीमा भएको छ । यो अवधिमा त्यहाँ ७९.४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भनिन्छ।
हाल देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित: १७ असोज २०८३ १०:२४ | Saturday, October 3, 2026
प्रतिक्रिया



