काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिक बादल लाग्नेछ । काठमाडौँमा आज धुमिएको छ। हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
सुदुरपश्चिम प्रदेशको तराई भूभागका थोरै तथा कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।
प्रकाशित: १२ असोज २०८३ ६:१८ | Monday, September 28, 2026
प्रतिक्रिया



