गण्डकीमा आज पर्ने छ ‘भारी’देखि ‘अति भारी’ वर्षा, सोमबारदेखि खुल्ने छ मौसम

हिमाल प्रेस १० असोज २०८३ ९:११ | Saturday, September 26, 2026
गण्डकीमा आज पर्ने छ ‘भारी’देखि ‘अति भारी’ वर्षा, सोमबारदेखि खुल्ने छ मौसम

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले आज गण्डकी प्रदेशमा भारीदेखि ‘अति भारी’ वर्षा हुने सम्भावना रहेको जनाएको छ। मौसम विभागले ५ दिने चेतावनी नक्सा जारी गर्दै आज गण्डकी आसपासमा रातो रेड अलर्ट जारी गरेको छ।

मौसममा रातो रंग लगाउनुलाई प्रतिकार्य गर्ने अर्थात अति जोखिम पूर्ण भन्ने बुझिन्छ। अहिले गण्डकीमा २३२ मिलिमिटरसम्म वर्षा भइरहेको छ।

सोही क्षेत्रमा अति अझै जोखिम रहेको भन्दै सतर्क रहन अनुरोध गरिएको छ। आजबाट पूर्वी क्षेत्रमा मौसम खुल्दा पश्चिमी क्षेत्रमा वर्षा बढ्ने छ। कर्णाली र सुदूरपश्चिममा पनि वर्षा रहने पनि गाढा पहेल रंग लगाइएको छ। जुन रङले सतर्क रहनुपर्ने जनाउँछ।

काठमाडौँ पूर्वका जिल्लामा आज कम वर्षाको सम्भावना छ। जहाँ आज पहेलो रंग लगाइएको छ। आइतबारदेखि बिस्तारै वर्षा घट्ने विभागको भनाइ छ। सोमबार, मंगलबार र बुधबार कतै वर्षाको सम्भावना नरहेको जनाइएको छ।

प्रकाशित: १० असोज २०८३ ९:११ | Saturday, September 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast