गत असोज २ मा मनोनयन दर्ता गरेको जनमत पार्टीको महाधिवेशन आजदेखि फेरि सुरु हुँदै

हिमाल प्रेस १७ असोज २०८३ १०:०५ | Saturday, October 3, 2026
गत असोज २ मा मनोनयन दर्ता गरेको जनमत पार्टीको महाधिवेशन आजदेखि फेरि सुरु हुँदै

काठमाडौँ- डा. सीके राउत नेतृत्वको जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि फेरि वीरगन्जमा भएको छ । वीरगन्जको ओम पार्टी प्यालेसमा महाधिवेशन सुरु भएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजेशकुमार मण्डलले जानकारी दिए । पदाधिकारीका लागि गत असोज २ मै मनोनयन गर्दा भएको थियो।

महाधिवेशन यसअघि यही असोज ९ र १० गते गर्ने गरी तय गरिएको थियो । तर, भारी वर्षा र बाढीपहिरोको जोखिमका कारण स्थगन गरी आजका निम्ति तोकिएको हो ।

महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यकारिणी समिति चयनका निम्ति कुल १०३ जनाको मनोनयनपत्र दर्ता भएको छ । पार्टीको अध्यक्ष पदमा वर्तमान अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतको मात्र एकल उमेदवारी परेकाले उनी पुनः निर्विरोध निर्वाचित भएको घोषणा गरिने निश्चित छ ।

महाधिवेशनमा दुई हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

प्रकाशित: १७ असोज २०८३ १०:०५ | Saturday, October 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast