काठमाडौँ- नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । कांग्रेस १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँको खुलामञ्चमा शुरू हुँदै गर्दा शिवाकोटीले आफ्नो उम्मेदवारीको तयारी थालेको जनाएका हुन्।
कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा आएका उनी गत पुसमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा पनि केन्द्रीय सदस्य चुनिएका थिए । १४ औँ महाधिवेशनमा उनी निर्वाचन प्रक्रियामार्फत केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
शिवाकोटीले सहमहामन्त्री पदको आफ्नो दावेदारी स्वभाविक भएको बताएका छन् । राजनीतिलाई चलायमान गर्न व्यक्तिको पनि वृत्ति विकास हुनुपर्ने भएकाले अब सहमहामन्त्री भएर सेवा गर्ने इच्छा भएको उनले बताएका छन् ।
प्रकाशित: १७ असोज २०८३ १०:२७ | Saturday, October 3, 2026
प्रतिक्रिया



