प्रधानमन्त्रीलाई बालेनले भने- हजुरको नेतृत्वमा लोकतन्त्रले जित्यो,आमा

हिमाल प्रेस २१ फागुन २०८२ १७:४६ | Thursday, March 5, 2026
12
SHARES
प्रधानमन्त्रीलाई बालेनले भने- हजुरको नेतृत्वमा लोकतन्त्रले जित्यो,आमा

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि तत्कालीन केपी ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। उक्त सरकारको मुख्य जिम्मेवारी प्रतिनिधिसभा सदस्य निर्वाचन गराउनु थियो।

प्रधानमन्त्री कार्कीले सरकार गठनपछि ६ महिनाभित्रै चुनाव गराउने प्रतिबद्धता जनाएकी थिइन्। आज भने उनले त्यो प्रतिबद्धता पूरा गर्दै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएकी छन्। देशभर छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकारीहरूले जनाएका छन्।

काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन शाहकै पहल र समर्थनमा कार्की प्रधानमन्त्री बनेकी थिइन्। निर्वाचन सम्पन्न भएपछि आज शाहले प्रधानमन्त्री कार्कीको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ, आमा।’

शाहले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका छन्।

प्रकाशित: २१ फागुन २०८२ १७:४६ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast