कांग्रेस महाधिवेशनको मतदान साँझ ५ बजेसम्म

हिमाल प्रेस २३ असोज २०८३ १४:३८ | Friday, October 9, 2026
कांग्रेस महाधिवेशनको मतदान साँझ ५ बजेसम्म

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ। दिउँसो ३ बजेसम्मको समय तोकिएकामा मतदान गर्न समय लाग्ने भएपछि साँझ ५ बजेसम्मको समय थपिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

बिहान ७ बजेपछि प्रारम्भ भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्। मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लागेपछि मतदानको समय थप गरिएको हो।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार तीन सय १७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दै छन्। महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यसहितलाई गरी २३ वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले समय लागेको हो।

प्रकाशित: २३ असोज २०८३ १४:३८ | Friday, October 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast