फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन्। गएराति ११ः३० बजे देउवा सिंगापुर प्रस्थान गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ।
आम निर्वाचन आउन एक साता मात्र बाँकी रहेको अवस्थामा देउवा एक्लै सिंगापुर प्रस्थान गरेका हुन्। यद्यपि देउवा यसअघि पनि पटक पटक उपचारको लागि सिंगापुर जाने गरेका थिए ।
प्रकाशित: १४ फागुन २०८२ ९:३१ | Thursday, February 26, 2026
प्रतिक्रिया





