आज तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा

हिमाल प्रेस २३ माघ २०८२ ६:१९ | Friday, February 6, 2026
10
SHARES
आज तराईमा हुस्सु लाग्ने, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू-भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ। देशका पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भू-भागका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ। कोशी प्रदेशका पहाडी र हिमाली भाग तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।

यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली हुनेछ भने अन्य भागमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

प्रकाशित: २३ माघ २०८२ ६:१९ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast