इजरायली पुरस्कारप्राप्त वृत्तचित्र ‘गिम्पेल द फूल रिटर्न्स टु पोल्याण्ड’ काठमाडौँमा प्रदर्शन

हिमाल प्रेस २१ माघ २०८२ १६:०० | Wednesday, February 4, 2026
इजरायली पुरस्कारप्राप्त वृत्तचित्र ‘गिम्पेल द फूल रिटर्न्स टु पोल्याण्ड’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- इजरायली अभिनेता, निर्देशक तथा इजरायलको ‘नेफेश’ थिएटरका संस्थापक हावर्ड रिप काठमाडौँ आइपुगेका छन्।

उनले ७औँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६ मा इजरायलको प्रतिनिधित्व गर्दै आफ्नो पुरस्कारप्राप्त वृत्तचित्र फिल्म ‘गिम्पेल द फूल रिटर्न्स टु पोल्याण्ड’ प्रस्तुत गरेका हुन्।

उक्त वृत्तचित्र नोबेल पुरस्कार विजेता दिवंगत लेखक आइज्याक बाशेभिस सिङ्गरद्वारा लिखित चर्चित लघुकथा ‘गिम्पेल द फूल’ मा आधारित छ।

फिल्मले दर्शकहरूमाझ नोबेल पुरस्कार विजेता लेखकको जीवन र साहित्यिक योगदानबारे गहिरो चासो र विमर्श सिर्जना गरेको थियो।

उत्कृष्ट सिनेमाटोग्राफी, सशक्त कथावाचन, कलात्मक प्रस्तुतिकरण तथा विश्व सिनेमा क्षेत्रमा दिएको अर्थपूर्ण योगदानको कदर गर्दै फिल्मले महोत्सवको प्रथम पुरस्कार जित्न सफल भएको छ।

इजरायल दूतावासको सहकार्यमा उक्त फिल्म काठमाडौँस्थित दिव्यभूमि मल्टिपल कलेज र इम्पेरियल वर्ल्ड स्कुलमा प्रदर्शन गरिएको थियो।

विद्यार्थी तथा शिक्षकहरूको सहभागितामा सम्पन्न कार्यक्रमहरूमा निर्देशक हावर्ड रिपले फिल्मको पृष्ठभूमि, विषयवस्तु, सिर्जनात्मक प्रक्रिया र होलोकास्टसम्बन्धी आफ्ना अनुभव र विचार बाँडेका थिए।

प्रकाशित: २१ माघ २०८२ १६:०० | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast