प्रलोपा गोरखाले बनायो राजनीतिक परिचालन र संवाद समिति

हिमाल प्रेस १७ माघ २०८२ १६:१७ | Saturday, January 31, 2026
422
SHARES
प्रलोपा गोरखाले बनायो राजनीतिक परिचालन र संवाद समिति

काठमाडौँ- आशन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाका दुईवटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गरेको छ।

प्रलोपा गोरखाका नेताहरूको आज जिल्ला कार्यालयमा बसेको बैठकले गोरखा-२ नम्बर निर्वाचन क्षेत्रमा जिल्ला समिति संयोजक नारायण खत्रीको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो।

त्यसैगरी, गोरखा-१ नम्बर निर्वाचन क्षेत्रमा जिल्ला इन्चार्ज यानप्रसाद भट्टको संयोजकत्वमा पनि १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ।

बैठकले ३ सदस्यीय राजनीति संवाद समिति समेत गठन गरेको छ। समितिमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज यानप्रसाद भट्ट, जिल्ला समिति संयोजक नारायण खत्री र केन्द्रीय विज्ञ सदस्य पवन रमण खनाल रहेका छन्।

प्रलोपाले २ वटै क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी फिर्ता लिइसकेको छ।

आजको बैठकले आगामी निर्वाचनमा दुवै निर्वाचन क्षेत्रमा पार्टीको आँखा चुनाव चिन्हमा मतदान गर्न मतदातासमक्ष आग्रह गर्ने निर्णय गरेको छ। तत्कालका लागि पार्टीले आँखा चिह्नमै मतदान गर्न आह्वान गर्ने र भोलिदेखि नै घरदैलो अभियान सुरु गर्ने निर्णय समेत गरेको छ।

त्यसैगरी, आगामी फागुन दोस्रो हप्तामा दुवै निर्वाचन क्षेत्रमा संयुक्तरूपमा विशाल चुनावीसभा आयोजना गर्ने निर्णय बैठकले गरेको छ।

प्रकाशित: १७ माघ २०८२ १६:१७ | Saturday, January 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast