चुमनुब्रीमा बाढीपीडितका लागि पठाइयो राहत

हिमाल प्रेस २२ भदौ २०८३ १०:३८ | Monday, September 7, 2026
चुमनुब्रीमा बाढीपीडितका लागि पठाइयो राहत

काठमाडौँ- गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङमा बाढीपहिरोबाट ठूलो भौतिक क्षति भएपछि गृहमन्त्री सुधन गुरुङले प्रभावित क्षेत्रमा राहत पठाएका छन्।

आफ्नै निर्वाचन क्षेत्रसमेत रहेको नाम्रुङमा बाढीबाट भएको क्षतिको विवरण लिएपछि गृहमन्त्री गुरुङले नेपाली सेना र सशस्त्र प्रहरीसँग समन्वय गरी प्रभावित नागरिकका लागि राहत सामग्री पठाउने व्यवस्था मिलाएका हुन्।

नाम्रुङको चाराङ लेक र चाराङ खोलामा आएको बाढी तथा पहिरोका कारण घर तथा होटलहरूमा क्षति पुगेको छ।

प्रारम्भिक विवरणअनुसार चाराङ लेक क्षेत्रमा लाक्पा बुटीका दुईवटा घर र छिरिङ वाङ्दीका तीनवटा घर क्षतिग्रस्त भएका छन् भने उर्गेन चेतन होटल र नुर्बु वाङ्गल होटल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

यस्तै, चाराङ खोलामा आएको बाढीले बुढीगण्डकी पुल तथा जोलुंगे पुल नजिक रहेको जगत होटल पूर्ण रूपमा बगाएको छ। छेवाङ दोर्जेको घरसमेत अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको जनाइएको छ।

बुढीगण्डकी खोलामाथिको पुल पूर्ण रूपमा क्षतिग्रस्त भएपछि मनास्लु ट्रेकिङ रुटको पदमार्गसमेत बन्द भएको छ।

बाढीपहिरोका कारण नाम्रुङ क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ भने सरकारी तथा निजी दुवै विद्युत् प्रणालीमा क्षति पुगेको छ।

चाराङ लेकमा युदोन ग्याल्तेन र दावा ताशी सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण आए पनि उनीहरूसँग सम्पर्क भइसकेको र दुवै जना सुरक्षित रहेको जनाइएको छ। मानवीय क्षति भएको छैन।

प्रारम्भिक विवरणअनुसार चाराङ खोला क्षेत्रमा मात्रै बाढी तथा नदी कटानका कारण ६ वटा घर प्रभावित तथा क्षतिग्रस्त भएका छन्।

प्रकाशित: २२ भदौ २०८३ १०:३८ | Monday, September 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast