बालेनसँगै चुनावी प्रचारमा हिँडेका दिनेश सिटौला अछाममा बेहोस, काठमाडौँको ग्रान्डी अस्पतालमा थप उपचार हुँदै

हिमाल प्रेस १६ माघ २०८२ १२:४२ | Friday, January 30, 2026
18
SHARES
बालेनसँगै चुनावी प्रचारमा हिँडेका दिनेश सिटौला अछाममा बेहोस, काठमाडौँको ग्रान्डी अस्पतालमा थप उपचार हुँदै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा गएका एक व्यक्ति अछाममा बेहोस भएका छन्। उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ।

उनी हुन् नुवाकोट घर भएका दिनेश सिटौला। बुधबार बिहान एक्कासी बेहोस भएपछि अछाम जिल्ला अस्पतालमा उनकाे प्रारम्भिक उपचार गरिएको थियो।

अछाम जिल्ला अस्पतालका अनुसार उनको टाउकोमा गम्भीर चोट लागेको छ। उनको अवस्थालाई मध्यनजर गर्दै थप उपचारका लागि काठमाडौँ पठाएको अस्पतालले जनाएको छ।

काठमाडौँको ग्रान्डी अस्पतालमा उनको थप उपचार गरिनेछ। उनको अवस्था गम्भीर रहेकाे स्रोतले बताइएको छ।

सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष हुन्।

 

प्रकाशित: १६ माघ २०८२ १२:४२ | Friday, January 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast