मधेश : १ हजार २४६ मतदानस्थल अति संवेदनशील

हिमाल प्रेस १५ माघ २०८२ १५:१३ | Thursday, January 29, 2026
10
SHARES
मधेश : १ हजार २४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेश प्रदेशका कुल दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील रहेको जनाइएको छ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशीलमा वर्गीकरण गरिएका छन्। त्यसको अनुगमन तथा सुरक्षाका उपायबारे  योजनाबद्ध काम भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले बताए।

आज (बिहीबार) जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेश प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ वटा निर्वाचन क्षेत्र रहेकामध्ये ७५५ मतदानस्थल संवेदनशील र १५९ मतदानस्थल सामान्य रहेको जानकारी दिइएको छ। मधेश प्रदेशमा कुल चार हजार ४७१ मतदान केन्द्र छन्। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक हजार २८ जना उम्मेदवार छन्।

मधेश प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन्। जसमा पुरुषको सङ्ख्या १९ लाख पाँच हजार ८१९ र महिलाको सङ्ख्या १६ लाख ११ हजार ३०४ रहेको जनाइएको छ। रासस

प्रकाशित: १५ माघ २०८२ १५:१३ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast