अस्ट्रेलिया अवार्ड स्कलरसीपअन्तर्गतको स्नातकोत्तर तह अध्ययनका लागि आवेदन खुल्दै

हिमाल प्रेस १४ माघ २०८२ १०:५३ | Wednesday, January 28, 2026
40
SHARES
अस्ट्रेलिया अवार्ड स्कलरसीपअन्तर्गतको स्नातकोत्तर तह अध्ययनका लागि आवेदन खुल्दै

काठमाडौँ- अस्ट्रेलिया सरकारले प्रदान गर्ने अस्ट्रेलिया अवार्ड स्कलरसीपअन्तर्गत सन् २०२७ मा सुरु हुने स्नातकोत्तर तहको अध्ययनका लागि आवेदन प्रक्रिया खुल्ने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँस्थित अस्ट्रेलियन दूतावासबाट सन् २०२६ जनवरी २१ मा प्रेषित नोट भर्बल नम्बर १०/२०२६ मार्फत प्राप्त सूचनाअनुसार छात्रवृत्तिका लागि आगामी फेब्रुअरी २ देखि अप्रिल ३० सम्म दरखास्त दिन सकिनेछ।

परराष्ट्र मन्त्रालयमार्फत प्राप्त उक्त जानकारी सम्बन्धित सबै निकाय तथा इच्छुक आवेदकसम्म पुर्‍याउने उद्देश्यले मन्त्रालयले सूचना सार्वजनिक गरेको हो। छात्रवृत्तिसम्बन्धी सम्पूर्ण विवरण तथा आवश्यक कागजातहरू सूचनासँगै संलग्न गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १४ माघ २०८२ १०:५३ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast