त्रिवि परीक्षाका साना कामका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य गर्न माग

हिमाल प्रेस १२ माघ २०८२ १५:४७ | Monday, January 26, 2026
16
SHARES
त्रिवि परीक्षाका साना कामका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य गर्न माग

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) का विद्यार्थीले परीक्षासम्बन्धी कामका लागि देशका जुनसुकै कुनाबाट पनि काठमाडौँ नै आउनुपर्ने अवस्था अन्त्य गर्न माग गरेका छन्।

विश्वविद्यालयका स्ववियु सभापति दीपकराज जोशीले विश्वविद्यालयलले परीक्षा प्रणाली विकेन्द्रीकरण नगर्दा मौका परीक्षा तथा ससाना कामका लागि पनि काठमाडौँ नै आउनुपर्ने विद्यार्थीको बाध्यता रहेको बताए। ‘खासगरी दुर्गमका र कमजोर शारीरिक अवस्थाका विद्यार्थी यसबाट बढी पीडित छन्’, उनले भने।

मागबारे ध्यानाकर्षण गराउन आजदेखि परीक्षा नियन्त्रण कार्यालयको प्रवेशद्वारमा धर्ना सुरु गरिएको सभापति जोशीले जानकारी दिए। यसको समाधानका लागि कम्तीमा आफ्ना प्रदेशभित्रै परीक्षा दिन पाउने व्यवस्था हुनुपर्ने विद्यार्थीको माग छ।

‘विश्वविद्यालय एप चलाउन पटकपटक भन्यौँ तर अहिलेसम्म भएको छैन। त्रिविको परीक्षा नियन्त्रण कार्यालय समयअनुरुप डिजिटल हुन नसक्नु र काठमाडौँ केन्द्रित संरचनाका कारणले विद्यार्थीले अनावश्यक दुःख पाइरहेका छौँ’, स्ववियु सदस्य प्रदीप कार्कीले भने। पहिलेभन्दा केही सुध्रिए पनि अधिकांश नतिजा ढिलो आउने गरेको उनको भनाइ छ।

विद्यार्थीले हरेक प्रदेशमा मौका परीक्षा केन्द्र, परीक्षा प्रणालीको पुनःसंरचना, शोधपत्रको मूल्यांकन प्रदेशमै, समयमै परीक्षा र समयमै नतिजाको सुनिश्चितता, पूर्ण डिजिटल प्रणाली, प्रमाणपत्र वितरणको विकेन्द्रीकरण तथा पुनः योग र पुनःपरीक्षणको सुदृढीकरण जस्ता माग राखेका छन्।

प्रकाशित: १२ माघ २०८२ १५:४७ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast